नियम ३४
सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार
सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) बिमा दर कायम गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने ।
(ख) बिमा दरमा एकरूपता कायम गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्न विभिन्न सेमिनार, गोष्ठी तथा सम्मेलन संचालन गर्ने ।
(ग) कायम गरिएको बिमा दर लागू भए नभएको सम्बन्धमा रेखदेख सुपरीवेक्षण, मूल्याङ्कन गर्ने र आवश्यकतानुसार समितिसमक्ष उपयुक्त
सुझाव पेश गर्ने ।
(घ) बिमा व्यवसायको स्वच्छ संचालन एवं विकासको निमित्त समितिलाई आवश्यक सुझाव दिने ।